दफा ५
परिषद्को उद्देश्य
परिषद्को उद्देश्य देहाय बमोजिम हुनेछः–
(क) स्वास्थ्य क्षेत्रमा देखा परेको तथा भविष्यमा पर्न सक्ने विभिन्न समस्याहरूको सम्बन्धमा अध्ययन तथा अनुसन्धान गर्ने, गराउने ।
(ख) स्वास्थ्य सम्बन्धी अध्ययन तथा अनुसन्धान कार्यक्रमलाई बढी उपयोगी बनाउन परामर्श सेवा तथा सूचना सम्बन्धी कार्यक्रमहरू सञ्चालन गर्ने, र
(ग) विश्वमा देखा परेका स्वास्थ्य सम्बन्धी विभिन्न समस्या उपर गरिएको अध्ययन तथा अनुसन्धान वा कृति बारे जानकारी प्राप्त गरी समय समयमा नेपाल सरकारलाई जानकारी गराउने ।